काठमाडौं, ४ कात्तिक । चिनियाँ राष्ट्रपति सी चिन फिङको भ्रमणको पूर्वसन्ध्यामा काठमाडौंको फर्पिङबाट पक्राउ गरिएका नेपाल फाउन्डेशनका संस्थापक विकास ठाकुरले नेपाललाई हङकङ जस्तो बनाउन खोजिएको आरोप लगाएका छन् ।
आफूलाई बिना कारण पक्राउ गर्नु र चीनको विरोध नै गर्न नपाउनु भन्ने मानवअधिकारविरुद्धको काम भएको भन्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा राष्ट्रपति सीले दिएको अभिव्यक्तिले नेपाललाई अहिलेको हङकङ जस्तो अधिनमा राख्न खोजिएको आरोप लगाएका हुन् ।
‘कम्युनिस्ट सरकारको पालामा नै चीनले जसरी अहिले हङकङमा आन्तरिक प्रशासनलाई कडा बनाएको छ, त्यहाँको स्वतन्त्रतामाथि हस्तक्षेप गरेको छ, त्यहि व्यवाहार देखाउने कोशीश गरिएको छ’, ठाकुरले भने,‘यस्तो विषय हामीलाई सह्य हुँदैन । नेपाल सार्वभौम र स्वतन्त्र हुनुपर्छ ।’
ठाकुर नेपाल फाउन्डेशनमार्फत नेपालमा हिन्दूत्व कायम हुनुपर्छ भन्ने अभियानमा सक्रिय रहँदै आएका छन् ।











प्रतिक्रिया