
काठमाडौं, ४ कात्तिक । सक्कली जस्तो देखिने १ किलो नक्कली सुन देखाई ठगी गरेको अभियोगमा ६ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं कपन बस्ने सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका २ घर भएकाहरू ४१ वर्षीय मंगले तामाङ, २६ वर्षीय सुजन रसौली छन् ।
त्यस्तै, ३३ वर्षीय विष्णु बहादुर राउत तथा ३१ वर्षीय नवराज राउत, रामेछाप दोरम्वा गाउँपालिका २ घर भएका ३१ वर्षीय रोशन वुढा मगर र ललितपुर सानागाउँ बस्ने सिन्धुपाल्चोक वाह्रविसे नगरपालिका २ घर भएका २३ वर्षीय किरण लामा रहेका छन् ।
काठमाडौँ कपन निलोपुल नजिकै उक्त परिमाणको नक्कली सुन देखाई ५० लाख रुपैयाँमा विक्री गर्न ग्राहक खोजिरहेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले खरिदकर्ताले सुन खरिद गर्न लागेको ५ लाख रुपैयाँ सहित मोलतोल गर्दै गरेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुको साथबाट नक्कली सुन १ केजी र मोबाइल ६ थान समेत बरामद गरेको छ ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।











प्रतिक्रिया