११ मंसिर २०८३, शुक्रबार

धारिलो हतियार तथा ढुंगा प्रहार गरी हत्या गरेको अभियोगमा एक पक्राउ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


भोजपुर, ३ कात्तिक । प्रहरीले धारिलो हतियार तथा ढुंगा प्रहार गरी हत्या गरेको अभियोगमा एकजनालाई पक्राउ गरेकाे छ ।

षडानन्द नगरपालिका ३ खार्ताम्छा बस्ने २८ वर्षीया कल्पना राईको हत्या गरेकाे आराेपमा स्थानीय २२ वर्षीय प्रदिप बस्नेतलाई शनिबार साँझ पक्राउ गरेको हाे ।

स्थानीय सोमबारे हाटबाट घर जाँदै गरेको अवस्थामा प्रदिपले कल्पनालाई धारिलो हतियार तथा ढुंगा प्रहार गर्दा मृत्यु भएको खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

साथै घटनाको क्रममा घाइते भएकी कल्पनासँगै घरतर्फ फर्कँदै गरेकी सोही ठाउँ बस्ने नबिना राईको स्थानीय उपस्वास्थ्य चौकी खार्ताम्छामा उपचारको भइरहेको छ । हतियार प्रहार गर्नुको कारण हाल खुल्न सकेको छैन् ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।