११ मंसिर २०८३, शुक्रबार

पक्राउ परेका जुवा खेलाउने तारेखमा छुटे, ठुलो जुवा समात्नै पर्ने दवावमा दाङका एसपी

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


तुलसीपुर, ३ कात्तिक । हरेक वर्षको दसैँ तिहारको रमझममा जुवाको विशेष चर्चा हुने गर्दछ । दाङ पनि यो चर्चावाट अछुतो हुने कुरा रहेन ।

यसअघि जुवामै मुछिएकै कारण दाङका तत्कालीन प्रहरी प्रमुख कृष्णहरी शर्मा पोख्रेलको तिन महिनामै प्रहरी प्रधान कार्यालय काठमान्डौँले तानेको थियो । घोराही बजारमै खुलेयाम जुवा चलेपनि त्यसको नियन्त्रण गर्न नसकेको भन्दै पोख्रेललाई प्रहरी प्रधानले आँफै तान्यो ।

घोराहीको एक राजनीति कर्मीले जुवा खेलाएको आंशकामा छुट्टै अनुसन्धान प्रहरी र सशस्त्र टोलि तत्कालीन सिडिओ गजेन्द्र बहादुर श्रेष्ठले रातभरी छापा हानेर नियन्त्रणमा लिने प्रयास गरेपछि जुवामा प्रहरीको खुलेयाम मुछिने र आरोप लाग्ने सोही बेलादेखिको हो ।

तर, जनपथ प्रहरी नै जुवामा मुछिएपछि तत्कालीन एसपी पोख्रेलसहीत सिंगो प्रहरीलाई नै जुवाको सन्दर्भमा वदनाम बनायो । जुवाकै प्रकरणका कारण एसपीकै नै सरुवा भएपछि जुवा नियन्त्रणमा भइरहेको प्रहरीको प्रयासबारे दङ्गालीहरुले विशेष चासो दिदै आएका छन् ।

प्रहरीले साना जुवा नियन्त्रणमा ल्याएपनि ठुला जुवा नियन्त्रणमा ल्याउन नसकेको गुनासोहरु सुनिन्छन् । सामान्य जुवाको सुचना आउने दाङ प्रहरीलाई ठुलो जुवाकै सुचना नहुने कुरा हुँदैन ।

तर, पनि प्रहरीले जुवा नियन्त्रणका लागि सम्पुर्ण प्रयास जारी रहेको बताइरहेको वेला ठुला जुवामा प्रहरीको निगरानी जुनरुपमा हुनुपर्ने हो, त्यो नभएपछि चौतर्फीरुपमा शंकाहरु जन्मिएका छन् ।

भर्खरै नयाँ सरुवा भएर दाङ आएका एसपी जनक भट्टराइ पनि ठुला जुवाको सुचना नै नआएको बताए । उनले जुवामा कसैलाई नछाड्ने भन्दै जुवामाथि निरन्तर निगरानी गर्न प्रहरी छुट्टै परीचालन गरेको पनि बताए ।

उनले घुमुवा प्रहरीमाथि पनि निकै दवाव र निगरानी बढाएका छन् । उनले घुमुवा प्रहरीमा गतिलो काम नगर्नेलाई विप्लव सम्बन्धी गतिविधि निगरानी गर्न भन्दै छुट्टै ठाउमा खटाएका छन् । जुवाकै कारण अहिले दाङ प्रहरी जसरी पनि जुवा समात्नै पर्ने दवावमा छ ।

विगतमा जुवामाथि ठुलो सफलता हासिल गरेको दाङ प्रहरीले अहिले जुवामा त्यति ठुलै सफलता हात पारेको छैन । आँफै पनि नयाँ आएका एसपी भट्टराइले जुवामा कसैलाई नछाड्न र साना वा ठुला जो भएपनि पक्राउ गरेर ल्याउन विशेष निर्देशन समेत दिँदै आएका छन् ।

अघिल्लोपटक जुवाको घटना घोराहीमा नै भएका कारण सदरमुकाम आसपासमा घोराहीको गुलरियामा सानो रकमसहीत ७ जना जुवाडेलाई नियन्त्रणमा ल्याएको छ । दसैँको विचमा घोराहीको सर्रामा ठुलो जुवा चलेको प्रहरीलाई सुचना आयो ।

तर, प्रहरी घटनास्थल नपुग्दै त्यो सुचना चुहीएपछि जुवाडेहरुलाई समात्न सकेन् । घोराही, लमही, भालुवाङ, तुलसिपुर जुवा खेलिने क्षेत्र हुन् । खासगरी तुलसिपुरमा सबैभन्दा बढि जुवा हुने क्षेत्रमा पर्ने गरेको प्रहरीले जनाएको छ ।

अघिल्लो वर्षको जुवाको घटनाले घोराहीमा पनि जुवा हुने गरेको तथ्य उजागर गरेको छ । जुवा समात्न एसपी निकै लागि परेपनी उनलाई त्यो सफलता मिल्न सकेको छैन । स्थानिय प्रहरी प्रशासन जुवा नियन्त्रणका लागि प्रयास जारी नै रहने वताउदै आएका छन् ।

एसपी भट्टराइले अघिल्ला वर्षहरुमा प्रहरी रेकर्डमा देखीएका दाङ भरी जुवा खेलाउनेहरुमाथि गिरफ्तार गरेर अनुसन्धान समेत गरेको थियो । उनिहरुलाई अहिले प्रहरीले तारेखमा छाडेको छ ।

ठुलो जुवा समात्न नसकेको भनेर आरोप खेप्दै आएको दाङ प्रहरीमाथि जुवाकै कारण ठुलो प्रेसर परेको छ । एसपी भट्टराइमाथि जुवा नियन्त्रण गर्न र जसरी पनि ठुलो जुवा समात्न पुरै दवाव परेको छ ।

यसैबीच दाङवाट सात जुवाडे पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका वडा नं १७ गुलरिया पार्क नजिकै भक्त भण्डारीको घरबाट एकलाख नगदसहित ७ जुवाडेलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी जनक भट्टराइले बताए ।

दसैँ तिहारमा हुने साना तथा ठुला जुवा नियन्त्रणमा प्रहरीको आफ्नोतर्फवाट पुरै निगरानि बढाएको र ठुला जुवाको सुचना आएमा प्रहरीलाई जानकारी दिन पनि उनले बताए ।

सुचनाको गोपनियतालाई प्रहरीले ख्याल गर्ने भन्दै विना संकोच प्रहरीलाई जुवाको सुचना दिन पनि एसपि भट्टराइले आग्रह गरे । जुवामा प्रहरीको एक्सन खोजेका दङ्गालिले दसैँ तिहारको समयमा खेलिने साना तथा ठुला जुवामाथिको एक्सनमा पुरै चासोका साथ हेरेका छन् ।

पक्राउ पर्नेमा घोराही १५ निवासी २२ वर्षीय पूर्ण वली, सोही ठाउँकै ४४ वर्षीय मेघराज पौडेल, घोराही १६ का ३० वर्षीय शिव केसी, घोराही १२ का २० वर्षीय रविन थापा, घोराही १५ निवासी २७ वर्षीय संजय परियार, घोराही १२ निवासी ३१ वर्षीय अनिल गिरी र घोराही १७ निवासी ४३ वर्षीय भक्त केसी रहेका छन् ।

जिल्ला प्रहरी प्रवक्ता विनोद विक्रम शाहका अनुसार उनीहरुलाई गोप्य सूचनाको आधारमा शुक्रवार बेलुका पौने ११ बजेतिर पक्राउ गरिएको हो ।

उनीहरुको साथबाट १ लाख १३ हजार ५ सय नगद, ७ गड्डी तास मध्य ३ गड्डी खेलेको र बाँकी ४ गड्डी नयाँ ताससहित बरामद गरिएको डिएसपी शाहले बताए । वडा प्रहरी कार्यालय घोराहीको प्रहरी टोलिले राति जुवामा छापा हान्न पुगेको थियो ।