
-महेश सिंह
सिरहा, ३ कार्तिक । सिरहाको गोलबजार नगरपालिका १० बाट शनिबार करीब ८ हजार ५ सय गाँजाको बिरुवा फडानी गरी प्रहरीले नष्ट गरेका छन् ।
विशेष सूचना आधारमा ईलाका प्रहरी कार्यालय गोलबजार र सिरहाबाट खटिएको गस्ती टोलीले गोलबजार न .पा. १० मा अवैध रूपमा गरिएको करीब ८ हजार ५ सय गाँजाको बिरुवा प्रहरीले नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले बताए ।
सिरहाको प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) चतुर्वेदीका अनुसार प्रहरीले पत्ता लगाएको गाँजा फडानी नसकिए सम्म हाम्रो गाजा फडानि काम जारी रहने बताए ।
गाँजा खेती, उत्पादन, खरिद बिक्री तथा ओसारपसार गर्नेलाई लागुऔषध नियन्त्रण ऐनअनुसार कारवाही गरिने प्रमुख प्रहरी उपरीक्षक (एसपी) चतुर्वेदीले बताएका छन् ।
नेपालमा एक किलो गाँजा १ हजार देखि १५ हजार रुपैयाँ सम्ममा बिक्री हुने गरेको बताए । भारतमा २० हजार प्रतिकिलो रुपैयाँमा बिक्री हुने गरेको स्थानीयले बाताउँछन् ।
नेपाली बजारभन्दा भारतीय बजारमा यसको माग बढी हुने र आम्दानी पनि धेरै हुने हुँदा सीमा क्षेत्रमा भारतीय गाँजा व्यापारीहरुले खेती गर्न स्थानीयहरुलाई अगाडि नै गाजा खेतीको लागि रकम दिने गरेको अनुसनधानबाट तथ्य फेला गरेको प्रहरीले बताए ।











प्रतिक्रिया