
सिन्धुपाल्चोक, २ कात्तिक । मिनी ट्रकको ठक्करले एकजना बालकको मृत्यु भएको छ । मेलम्ची बजारबाट ढुंगा बोकेर दुबाचौर जाँदै गरेको बा ५ ख २९५४ नम्बरको मिनी ट्रकको ठक्करले मेलम्ची नगरपालिका–७ दुबाचौरमा शनिबार बालकको मृत्यु भएको हो ।
स्थानीय १३ वर्षीय राजन श्रेष्ठको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
मृतक बालक सोही मिनी ट्रक धनी कृष्ण श्रेष्ठको छोरा भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय मेलम्चीले दुबाचौर नै घर भएका ठक्कर दिने चालक ३० वर्षीय सुबन तामाङलाई पक्राउ गरेको छ ।











प्रतिक्रिया