११ मंसिर २०८३, शुक्रबार

एमबीबीएस र बीडीएसको अध्ययन शुल्क बढ्याे

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ कात्तिक । एमबीबीएस र बीडीएसको अध्ययन शुल्क सरकारले बढाउने निर्णय गरेको छ । चिकित्सा शिक्षा आयोगको शुक्रबार बसेको बैठकले शुल्क बढाउने निर्णय गरेको हो ।

आयोगका अनुसार एमबीबीएसको लागि काठमाडौँ उपत्यकाभित्रका मेडिकल कलेजले एकमुष्ट ४० लाख २३ हजार दुइ सय ५० रुपैयाँ र उपत्यका बाहिर ४४ लाख ३६ हजार २५ रुपैयाँ लिन पाउने आयोगले निर्णय गरेको छ ।

यसअघि यो शुल्क उपत्यकाभित्र ३८ लाख ५० हजार र उपत्यकाका बाहिर ४२ लाख ४५ हजार तोकिएको थियो। त्यस्तै बीडीएसतर्फ अध्ययनका लागि उपत्यकाभित्र र उपत्यका बाहिरका लागि समेत एकमुष्ट २० लाख १९ हजार ५ सय ८० रुपैंया तोकिएको छ ।

बढेको शूल्क आर्थिक वर्ष २०७६ ७७ बाट लागु हुनेछ । नेपाल राष्ट्र बैंकको मुद्रा स्फिती दरलाई आधार मानेर शूल्क बढाइएको आयोगको भनाइ छ ।

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७५ मा मुद्रास्फिती दर ४ दशमलव ५ प्रतिशत थियो। मेडिकल कलेजहरुले यो रकम विद्यार्थीबाट पहिलो वर्ष एक तिहाइ र बाँकी रकम आर्थिक वर्षको अन्तमा लिनुपर्नेछ ।