३ कार्तिक २०८३, मंगलबार

फ्रेन्च लिग वान फुटबलमा पिएसजी विजयी

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, २ कात्तिक । फ्रेन्च लिग वान फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) विजयी भएको छ । अवे मैदानमा भएको खेलमा पिएसजीले निसलाई ४-१ ले पराजित गरेको हो ।

पहिलो हाफमा दुई गोल गरेको पिएसजीले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो र एक गोल खायो । दोस्रो हाफमा निसका दुई खेलाडी रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि टिम ९ खेलाडीमा सीमित भयो ।

पिएसजीको जितमा एन्जल डी मारियाले १५ र २१ औँ मिनेटमा गरी दुई गोल गरे । यस्तै केलियन एमबाप्पेले ८८ औँ तथा आइकार्डीले इन्जुरी समयको पहिलो मिनेटमा गोल गरेका हुन् ।

निसका लागि ६७ औँ मिनेटमा गानागोले एक गोल फर्काएका थिए । यस्तै ७४ औँ मिनेटमा सिप्रिएन र ७७ औँ मिनेटमा हेरिली रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि निस ९ खेलाडीमा सीमित भयो । जितपछि शीर्ष स्थानको पिएसजीको १० खेलबाट २४ अंक भएको छ ।