२८ आश्विन २०८३, बुधबार

विहेको दबाबपछि घरबाट भागेकी युवती कसरी पुगिन वेश्यालय ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sex-crimeकाठमाडौं । हाम्रो समाजमा अझै पनि चेलिवेटी विहेवारी गर्नेबेला परिवारका जेष्ठ सदस्यले निर्णय लिने चलन छ । जसबाट चेटीवेटीहरु पीडित छन् ।

परिवारका जेष्ठ सदस्यले वैवाहिक सम्बन्ध पक्का गरिदिएपछि युवती बोल्न पाउदैनन् ।

प्रतिकार गर्न पनि सक्दैनन् । किनकी हाम्रो समाज पुरुषप्रधान समाज हो । तर एक युवतीले घरमा छिनोफानो गरिएको विहे अस्विकार गर्दा वेश्यालय पुगेकी छिन् । उनी रहरले होइन बाध्यतामा बेश्यालय पुगेकी हुन् ।

२१ वर्षकी ती युवती घरबाट भागेर कामको खोजीमा सहर घुम्दै थिईन् । घरबाट भागेपछि एक्लो जिवनमा आफ्नै मर्जीले बाँचने सपना बोकेकी ती युवती वेश्यालय पुग्न बाध्य भइन् ।

कामकै खोजीका क्रममा एक २८ वर्षिय युवकसंग उनको भेट भयो । युवकले राम्रो व्यवहार गरेपछि ती युवती पनि विश्वास परिन । ती युवकले जागिर लगाइदिने आश्वासन दिएपछि युवती खुसी भएकी थिईन् ।

तर ती युवकले युवतीलाई आफ्नो जालमा पारी बन्द कोठामा लगेर बलात्कार गरेका छन् । त्यो साथीसंग मिलेर । ती युवतीलाई २ जनाले मिलेर पालैपालो बलात्कार गरेका थिए ।

यो घटना भारतको कलकत्ताको हो । घरबाट भागेकी युवती रेल स्टेशन नजिकै मछा बजारमा काम खोजिमा बलात्कारको सिकार भएकी हुन् । बलात्कारपछि ती युवतीलाई रेडलाइट एरिया बेच्ने प्रयास भएको थियो ।

वेश्यालयमा पुगेकी ती युवतीलाई त्यहीका अन्य युवती सहयोग गरेर प्रहरीमा खबर गरेका थिए । बलात्कार गर्ने ती युवकलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको छ ।

सामुहिक बलात्कार गरीसकेपछि ती युवतीलाई बन्द कोठामा राखेर हल्ला गरे मारिदिने धम्की समेत दिएका थिए । अहिले उनको एक स्थानिय अस्पतालमा उपचार भइरहेको छ ।

एजेन्सीको सहयोगमा