
मनिला, ३० असोज । फिलिपिन्समा ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको छ । भुकम्पले हालसम्म ५ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते छन् ।
फिलिपिन्सको दक्षिणी भूभागमा भूकम्पको धक्का गएको हो । भुकम्पको असरले गर्दा केही स्थानमा आगलागी तथा पहिरो समेत गएका छन् । सयौँको संख्यामा भौतिक संरचना भत्किएका छन् भने मृतकको संख्या बढ्न सक्ने स्थानीय सञ्चार माध्यमले जनाएका छन् । –एजेन्सी















प्रतिक्रिया