गान्तोक । सिक्किम उच्च न्यायालयको नयाँ मुख्य न्यायाधीशको पदभार न्यायमूर्ती अरुप कुमार गोस्वामीले ग्रहण गरेका छन्।
उनलाई नयाँ राजभवन परिसरमा आयोजित सपथ ग्रहण समारोहमा राज्यपाल गङ्गा प्रसादले पद अनि गोपनीयताको सपथ दिलाए्।
मुख्य सचिव एससी गुप्ताले मुख्य न्यायाधिसको नियुक्तिको पत्र पठनपछि विधिवतरूपमा आरम्भ भएको सपथ ग्रहण समारोहमा राज्यका मुख्यमन्त्री पीएस गोले आफ्नो मन्त्रीमण्डलको सदस्यहरू सहित विधायक उच्च सरकारी अधिकारीहरूसित उपस्थित रहेका थिए।
उनले नयाँ मुख्य मन्यायाधिसलाई परम्परागत खदा अर्पण गरेर सम्मान जनाए भने आफ्नो मन्त्री परिषदका सदस्य, विधायक अनि अधिकारीहरूको परिचय गराए।
















प्रतिक्रिया