१ कार्तिक २०८३, आइतबार

टर्कीका उच्च अधिकारीमाथि अमेरिकाले लगायाे प्रतिबन्ध

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, २८ असाेज । सिरियाको उत्तरी क्षेत्रमा रहेका कुर्दिस समुदायलाई लक्षित गरी सैन्य आक्रमण गरिरहेको टर्कीका उच्च अधिकारीमाथि अमेरिकाले प्रतिबन्ध लगाएको छ ।

अमेरिकाले टर्कीका दुई मन्त्री तथा तीनजना उच्च सरकारी अधिकारीमाथि प्रतिबन्ध लागएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगानसँग टेलिफोन वार्ता पनि गरेका छन् ।

ट्रम्पले एर्डोगानलाई तत्काल युद्धविराम गर्न आग्रह गरेको अमेरिकी उपराष्ट्रपति माइक पेन्सले बताएका छन् । यस्तै आफू चाँडो भन्दा चाँडो प्रभावित क्षेत्रको भ्रमणमा जाने अमेरिकी उपराष्ट्रपति माइक पेन्सले बताएका छन् ।

कुर्दिसलाई सहयोग गर्न सिरियाली आर्मी देशको उत्तर–पूर्वी क्षेत्रमा पुगेको छ । टर्किस सेनासँग सो क्षेत्रमा थप भिडन्त हुने अनुमान छ ।

टर्कीले गएको बुधबारदेखि सिरियाको उत्तरी क्षेत्रमा कुर्दिसलाई लक्षित गरी आक्रमण गर्दै आएको छ । कुर्दिस बाहुल्य सो क्षेत्रमा सिरिया सरकारको नभई कुर्दिसको नियन्त्रण छ ।