
दोहा (कतार), २६ असोज । कतार नेपाली एकता समाज सहानीया एरिया समितिले पीडीत रवि कुमाललाई आर्थिक सहयोग जुटाई हस्तान्तरण गरेको छ ।
झापा जिल्ला बुद्धाशान्ति गाउँपालिका–५ मा स्थाई बसोबास गर्ने कुमाल ट्याक्टबाट खसेर घाइते भएका थिए । गएको साउन १ गते धुलाबारीबाट ट्याक्टरमा चढी घर फर्कदै गर्दा खसेका उनको पछाडीको चक्काले गम्भीर क्षती पु¥याएको थियो ।
कुमालको पारिवारिक अवस्था पनि कमजोर भएको हुँदा उपचारको लागि सकेको आर्थिक सहयोग जुटाई दिन आग्रह गरेकोले समितिका सचिव सरोज लावतीको विशेष पहलमा सहयोगी लक्ष्मण लामीछाने, तेज बहादुर कार्की, मुरारी पराजुली, विकास गुप्ता, जीवन कुमालले सहयोग गरेका थिए ।
यस्तै, प्रेम गुरुङ्ग, इन्द्र वि.क, नवीन दंगाल, नवीन कुमार चौहान, कपील दमाईले लगायतले पनि सहयोग गरेका थिए । उनीबाट संकलित कतारी रियाल ८६६ नेपाल पठाउँदै माजका सचिव लावतीले सम्पूर्ण सहयोगीलाई धन्यवाद दिएका छन् ।















प्रतिक्रिया