३ कार्तिक २०८३, मंगलबार

युरोकप फुटबलमा इंग्ल्याण्ड पराजित

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, २५ असाेज । युरोकप फुटबलको छनौट अन्तर्गत शुक्रबार राति भएको खेलमा इंग्ल्याण्ड पराजित भएको छ ।

समूह ए अन्तर्गत अवे मैदानमा भएको खेलमा इंग्ल्याण्ड चेक गणतन्त्रसँग २–१ ले पराजित भएको हो ।

सुरुमै पेनाल्टी मार्फत गोल गर्दै लिएको अग्रता जोगाउन नसक्दा इंग्ल्याण्ड पराजित भएको हो ।

पाँचौँ मिनेटमा नै पाएको पेनाल्टीमा गोल गर्दैै ह्यारी केनले भ्रमण टोलीलाई अग्रता दिलाए । त्यसको चार मिनेटपछि घरेलु टोली चेक गणतन्त्रका लागि ब्राबेकले बराबरी गोल गरे ।

८५ औँ मिनेटमा अनड्रासिकले गोल गरेपछि चेक गणतन्त्र २–१ ले विजयी भयो । जितपछि चेक गणतन्त्रको ६ खेलबाट १२ अंक भएको छ ।