३० आश्विन २०८३, शुक्रबार

सिक्किममा विवादित मास्टर गड एञ्जल सिक्किम प्रवेश

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जगन दाहाल

जोरथाङ । बाल तपस्वी सद्गुरु ओमनन्दन सिक्किम आइपुगेका छन् । उनलाई हेवन्ली निर्माणा पथ अर्गनाइजेसन (एच.पी.ओ) भारत, सिक्किमका अनुयायीहरूले भव्य स्वागत गरेका छन् ।

उनलाई दक्षिण-पश्चिम सिक्किमको प्रमुख प्रवेशद्वार मल्लीमा स्वागत गर्दै नन्दुगाउँको निर्वाणिक आश्रममा पुऱ्याइएको छ । आश्रममा प्रवेश गरेपछि सद्गुरु ओमानन्दद्वारा अनुयायीहरूलाई अशीर्वाद प्रदान गरेका छन् ।

आयोजक समितिका अध्यक्ष गणेश याङ्माले जानकारी गराए अनुसार बाल तपस्वी सद्गुरु ओमानन्दले १२ अक्टूबर शनिबारको दिन जोरथाङमा सम्पन्न हुने ब्लेसिङ (वाङ) वितरण साथै अनुयायीहरूलाई आशिर्वचन प्रदान गर्नेछन् । यस अवसरमा स्वास्थ्य जाँच पनि गरिनेछ ।

जानकारी गराइन्छ, युवा आध्यात्मिक गुरु हेवन्ली निर्वाणापथका प्रतिपादक गुरु प्रेमवाद दर्शनका प्रणेता आमसन हिलिङका अविश्कारक हिज होलिनेस मास्टर गड एञ्जलले विश्व समुदायमा विशिष्ट स्थान राख्दै आएका छन् ।

नेपालको सगरमाथा अञ्चलअन्तर्गत उदयपूर जिल्लाको सुदूर पूर्वमा मैनामैनी गावीस वडा नम्बर दुईको मान्तेन गाउँमा भएको थियो ।

बाल्यकाल देखिनै खोला, गुफा र जङ्गल आदिमा ध्यान तपस्या गर्दै आएका ओमनन्दले आध्यात्मिक सामाजिक अनि धार्मिक कार्यहरूमा आफ्नो जीवन विताउँदै आएका छन् ।

तपस्याका कालमा आर्जन गरेको ज्ञानलाई समाजमा बाँड्दै बाल्यकालमा उनी घर छोडेर हिँडेका थिए । आफ्नो शक्तिको प्रयोग गर्दै मानिसहरूलाई आफूतिर आकर्षित गर्न थाले ।

गड एञ्जलले साल्पा पोखरी, सभा पोखरी, बाह्र पोखरी, पश्चिम सिक्किमको खेचेपेरी पोखरीलगायत नेपाल र भारतका प्रसिद्ध पोखरीहरूमा झण्डाहरू राखेर प्रवचनहरू गरेका थिए ।

उनले आफ्नो प्रवचनमा प्रेमवादको प्रचार गर्दै आइरहेका छन् । नेपाल अनि सिक्किममा गरी हेवन्ली पथ अर्गनाइजेसनले तीनवटा लविङ होम सञ्चालन गरिरहेका छन् ।

उनले विश्वको शीर शगरमाथाबाट पनि प्रेम र करुणाको सन्देश दिएका थिए । उनी २० मई २०११ को दिन सगरमाथा शिखर चडेका थिए ।

उनले सगरमाथामा ३२ घण्ट २७ मिनट रहेर २७ घण्टसम्म सम्पूर्ण विश्वको निम्ति कठिन तपस्या गरेका थिए । थप जानकारीको निम्त, हेवन्ली पथ अर्गनाइजेसनलाई सिक्किममा विभिन्न जातीय संस्कृति मेटाउने प्रयासको रूप दिँकै एफआईआर पनि गरिएको थियो ।