३० आश्विन २०८३, शुक्रबार

दसैंको टीकाकै दिन बेलायतमा नेपाली युवतीको हत्या

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लन्डन । दसैंको टीकाकै दिन बेलायतमा एक नेपाली युवतीको हत्या भएको छ। बेलायतको लेष्टर शहरमा बस्दै आएकी ३२ वर्षीया शुभेच्छा बुढाथोकीको हत्या भएको स्थानीय प्रहरीले जनाएको छ।

मंगलबार बिहान उनकै निवासमा छुरा प्रहार भएको र घटनास्थलमै मृत्‍यु भएको बताइएको छ । बिहान करिब साढे ८ बजेको समयमा छुरा प्रहारको सुचना पाएलगत्तै प्रहरीको टोली पुग्दा बुढाथोकीको ज्यान गइसकेको थियो। तर त्यतिन्जेल आक्रमणकारी भागिसकेको थियो ।

पोस्टमार्टम रिपोर्टले पनि मृतकका शरीरका धेरै ठाउँमा छुरा प्रहार भएको देखाएको छ ।

लेष्टर प्रहरीले बिहीबार एक वक्तव्य जारी गर्दै फातिमा नामबाट चिनिँदै आएकी मृतकको वास्तविक नाम शुभेच्छा बुढाथोकी रहेको र उनी नेपाली रहेको पुष्टी गरेको छ। मृतकबारे अरु जानकारी अहिलेसम्म उपलब्ध छैन ।

घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले बुढाथोकीको हत्या कसले र किन गर्‍यो भनेर अझै स्पष्ट हुन नसकेको बताएको छ। घटनामा संलग्न कोही पनि पक्राउ परेका छैनन् ।