३ कार्तिक २०८३, मंगलबार

प्रधानमन्त्री ओलीले दिउँसो ४ बजेदेखि टीका लगाइदिने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म सर्वसाधारणलाई दशैंको टीका लगाइदिने भएका छन् ।

ओलीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार आफूले पिताको हातबाट टीका ग्रहण गरेपछि उनले दिउँसो २ देखि ४ बजेसम्म शीर्ष नेता, मन्त्री सांसद तथा विशिष्ट श्रेणीका राष्ट्र सेवकलाई टीका लगाइदिनेछन् ।

त्यसपछि पार्टी कार्यकर्ता र सर्वसाधारणलाई टीका लगाइदिने तयारी छ । ओलीले आज मात्रै सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम छ ।