३० आश्विन २०८३, शुक्रबार

आठ अक्टोबरदेखि सिक्किममा विश्व शेर्पा सम्मेलन हुने

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गान्तोक । विश्वभरिका शेर्पा समुदायको भाषा धर्म र संस्कृतिको संरक्षणसँगै परस्परमा सहयोगको भावना विकास गर्दै वैश्विकस्तरमा शेर्पा जातिको उत्थानको निम्ति गठित जाम्बूलिङ शेर्वी थोक्पा (विश्व शेर्पा संगठन)-ले आगामी ८ अक्टोबरमा विश्व शेर्पा दिवस पालन गर्दै विश्व शेर्पा सम्मेलन आयोजन गर्ने भएको छ ।

सिक्किमको राजधानी गान्तोक लगायत दक्षिण र उत्तर सिक्किमको शेर्पा गाउँहरूमा पालन गरिने तीन दिवसीय कार्यक्रम १० अक्टोबरसम्म चल्नेछ ।

विश्व भरिको विभिन्न राष्ट्रलाई प्रतिनिधित्व गर्दै शेर्पा समुदायको बाक्लो सहभागिता रहने यो कार्यक्रम छोक्पा र डेञ्जोङ शेर्पा संघ सिक्किमको सामुहिक प्रयासमा गरिने यो कार्यक्रमको मुख्य नारा हिमालको सुरक्षा नै धरतीको सुरक्षा रहेको छ ।

कार्यक्रमबारे जानकारी दिँदै छोक्पाका कोषाध्यक्ष मिङ्मा शेर्पा, प्रचार सचिव दावा शेर्पा र डेञ्जोङ शेर्पा एसोसिएसनका संयुक्त सचिव दोर्जी शेर्पाले कार्यक्रमको रूपरेखा बारे अवगत गराए ।

उनीहरूले दिएको जानकारी अनुसार विश्व शेर्पा दिवसको दिन उत्तर सिक्किमको कावीमा शेर्पा गाउँमा विशेष सासंस्कृतिक र परम्परागत कार्यक्रम हुनेछ ।

राजधानी गान्तोकमा विश्वभरिका शेर्पा प्रतिनिधिहरूको उपस्थितिमा शान्ति झाँकी प्रस्तुती पनि गरिनेछ । ८ अक्टोबर २०१७-को दिन नेपालको राजधानी काठमाडाैंमा पहिलो विश्व शेर्पा सम्मेलन आयोजन गरिएको थियो भने यसै दिनदेखि ऐतिहासिक घोषणा जारीगरेको अवसरलाई विश्व शेर्पा दिवसको रुपमा पालन गरिने परम्परा शुरु गरिएको हो ।

पत्रकारहरूसित कुराकानी गर्दै प्रचार सचिव दावा शेर्पाले यसरी विश्व शेर्पा संगठनको यस्तो विराट सम्मेलनको आयोजन गर्नुको मुख्य उद्देश्य विश्वको विभिन्न देश र प्रान्तहरूमा छरिएर बसेका शेर्पा जातिलाई परस्पर आपसी मैत्री भावनाको विकास गर्दै मेल मिलापसित संगठित गर्नु रहेको बताइए ।

वर्तमान परिप्रेक्षमा शेर्पा जातिको धर्म, भाषा, संस्कृतिको संरक्षण गर्न यो समुदाय एकजुट हुन आवश्यक रहेको बताउँदै यस सम्मेलनको मुख्य उद्देश्य वैश्विक समाजमा शेर्पा एकता पूर्ण रूपले स्थापित गर्नु यसको मुख्य उद्देश्य रहेको बताए ।

अर्कोतिर कोषाध्यक्ष मिङ्मा शेर्पाले शेर्पाहरूको अवस्थामा विकास गर्नको निम्ति शैक्षिक विकास हुन आवश्यक रहेको बताउँदै दुर्गम क्षेत्रमा रहेका शेर्पाहरूलाई शिक्षाको निम्ति सहयोग गर्ने र शेर्पा समुदायमा रहेको कतिपयः भूलहरू भाषा धर्म र संस्कृतिमा छ भने त्यसलाई आपसी सुधार गरि पूर्ण सुरक्षित गर्नुपर्ने समयको मागलाई सम्बोधन गर्नु रहेको पनि बताए ।

दोस्रो दिनको कार्यक्रममा मुख्यमन्त्री पीएस गोले स्वयं मुख्यअतिथि रहने अनि विश्वभरिको प्रतिनिधिहरूले सम्मेलनको औचित्यमाथि प्रकास पार्ने अनि हिमालसित जोडिएको शेर्पा समुदायले पर्यावरण संरक्षणमाथि जोडिएको विभिन्न पहल पनि गर्ने साथै विधानहरूको घोषणा गर्ने बताए ।

जाम्बुलिङ शेर्वि छोक्पाले शैक्षिक र आर्थिक विकासमा आपसी सहयोगको भावनाद्वारा आपसी सहयोगको भावनाद्वारा विश्वमा रहेको विभिन्न क्षेत्रको शेर्पा जातिको निम्ति काम गर्ने प्रण गरेको संयुक्त सचिव दोर्जी शेर्पाले बताए ।

यसैगरी १० अक्टोबरको दिन समापन कार्यक्रम सितै दक्षिण सिक्किमको राभङ्ला नजिक शेर्पा गाउँमा सांस्कृतिक भ्रमण रहने जानकारी दिएको छ ।