५ कार्तिक २०८३, बिहिबार

सिटिजन्स बैँकद्वारा एकैदिन काठमाडौँमा दुई शाखा विस्तार

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 


काठमाडौँ, १५ असोज । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाडौँको लामबगर र सिनामंगलमा दुई नयाँ शाखा विस्तार गरेको छ । बैँकले “योेर पार्टनर फर प्रोग्रेस” भन्ने नारालाई आत्मसाथ गरी अनवरतरूपले नेपाली जनतालाई बैंकिंग सेवा पुर्याँउदैै आएको छ ।

यससँगै सिटिजन्स बैंकको जम्मा ८४ वटा शाखाहरु सञ्चालनमा आएका छन् । असोज १५ गते उक्त शाखा कार्यालयहरुमा पूजा पाठ गरी बैंकिङ्ग कारोवारको सुरुवात गरिएको छ ।

उक्त समारोहमा स्थानिय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।

यी शाखाहरू मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पु¥याँउने लक्ष्य बैंकले राखेको छ ।

सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, ए.टि.एम.सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८४ वटा शाखा, ७९ वटा ए.टि.एम. र १०२ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

यसका साथसाथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरूे छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने उद्देश्यले बैंकले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको छ ।

ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।