३ कार्तिक २०८३, मंगलबार

डिआईजीको प्रति महिना १५ हजार असुलीको उजुरी प्रधान कार्यालयमा !

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, १५ असोज । कमाण्ड सम्हालेको छोटो समयमै मातहतका युनिटलाई सताएको भनी नक्साल हेडक्वार्टरमा गण्डकी प्रदेशका डिआईजी उजुरीको चाङ लागेको छ ।

डिआईजी विनोद शर्मा घिमिरेले तनहुँको बेलचौतारास्थित प्रहरी विद्यालयका समादेशकबाट महिनाबारी १५ हजार उठाएको भनी हेडक्वार्टरमा उजुरी परेको स्रोतले जनायो ।

बेलचौताराका पीडित हुन्, उपेन्द्रकान्त अर्यालका पालामा निवासमा बसेका इन्स्पेक्टर मोहनमणि अधिकारी । पोखराको जिरोकिलोस्थित कालिका पेट्रोल पम्प अगाडिको डिभाईडर हटाइदिएर एक लाख रुपैयाँ लिएको पनि उजुरी छ ।

उनले त्यसअघि प्रदेश ट्राफिक प्रमुख एसपी बस्याललाई सताएको भनी उजुरी परेको थियो । सई सोभित सुवेदी र सिपाही सोम विकलाई उनले घुमुवा खटाएका छन् । सोभित पहिला पोखराको बैदाममा तीन वर्ष घुमुवा बसेका व्यक्ति हुन् । सोमलाई चाहिँ तनहुँका क्रसरबाट आउने चिज ल्याउन पठाउने गरेको हेडक्वार्टरमा मौखिक र लिखित उजुरी परेको बताइएको छ ।

उक्त आरोपका विषयमा डिआईजी घिमिरेसँग कुरा बुझ्न खोज्दा उनको कार्यालयबाट कुनै प्रतिक्रिया जनाइएन ।