
काठमाडौँ, १५ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ४४ पैसा र बिक्रीदर ११४ रुपैयाँ ०४ पैसा तोकेको छ ।
यस्तै, युरो एकको खरिददर १२३ रुपैयाँ ७३ पैसा र बिक्रीदर १२४ रुपैयाँ ३८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १३९ रुपैयाँ ५१ पैसा र बिक्रीदर १४० रुपैयाँ २५ पैसा रहेको छ ।
राष्ट्र बैंकका अनुसार मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ०४ पैसा र बिक्रीदर २७ रुपैयाँ १९ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ १६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३२ पैसा रहेको छ ।
यसैगरी, युएई दिराम एकको खरिददर ३० रुपैयाँ ८८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०५ पैसा रहेको छ ।















प्रतिक्रिया