लण्डन, १५ असाेज । उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाका अधिकारी बताएका छन् । उत्तर कोरियाले वानसान तटीय क्षेत्रबाट ब्यालेस्टिक मिसाइल प्रहार गरेको जनाइएको छ ।
सो मिसाइल ४५० किलोमिटरको दूरी तय गरेर सी अफ जापानमा गएर खसेको हो । मिसाइल ९१० किलोमिटर माथिसम्म पुगेको दक्षिण कोरियाली सेनाले जनाएको छ ।
उत्तर कोरियाले सबमरिनबाट मिसाइल प्रहार गरेको हो । उत्तर कोरियाले परमाणु निशस्त्रीकरण सम्बन्धी अमेरिकासँगको वार्ता आउँदो शुक्रबारदेखि पुनः स्थापित हुने बताएको केही घण्टापछि नै मिसाइल प्रहार गरेको हो ।
देश सञ्चार प्रालिद्वारा संचालित देश सञ्चार डटकममा प्रकाशित कुनै पनि सामाग्री देश सञ्चार प्रालिको पूर्व जानकारी विना हुबहु एवं आंशिक रुपमा समेत कपी गरी प्रकाशन गर्नु दण्डनीय छ ।
यस किसिमका कार्य गर्ने उपर देश सञ्चार प्रालि नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सबैलाई सचेत हुन जानकारी गराइन्छ ।















प्रतिक्रिया