१ कार्तिक २०८३, आइतबार

ट्रम्पविरुद्ध महाअभियोग लगाउने तयारी, कागजात माग

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, १४ असाेज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग लगाउने तयारीमा रहेका डेमोक्र्याटले ट्रम्पका व्यक्तिगत वकिल रुडी जुलियानीबाट सम्पूर्ण कागजात माग गरेका छन् ।

राष्ट्रपति ट्रम्पका व्यक्तिगत वकिल जुलियानीले युक्रेनका अधिकारीसँग जो बाइडेनका सम्बन्धमा भ्रष्टाचार आरोपमा अनुसन्धानका लागि आग्रह गर्नेबारे भेट भएको स्वीकार गरेका छन् ।

डेमोक्र्याटिक सांसदले रुडी जुलियानीले युक्रेनका अधिकारीसँग गरेको कुराकानीको सम्पूर्ण विवरण उपलब्ध गराउन आदेश दिएका छन् । संसदको तल्लो सदनले सुरु गरेको महाअभियोग लगाउने सम्बन्धी अनुसन्धानकै क्रममा जुलियानीलाई यस्तो आदेश दिइएको हो ।

उनले युक्रेनका अधिकारीसँग भएको संवादको सम्पूर्ण जानकारी अक्टोबर १५ भित्र बुझाउनु पर्नेछ।

अमेरिकी राष्ट्रपति ट्रम्पले पूर्व उपराष्ट्रपति जो बाइडेन र उनका पुत्र हन्टर बाइडेनमाथि भ्रष्टाचार आरोप लगाएका छन् । सो आरोप आम रुपमै खारेज गरिएको छ । ट्रम्पले युक्रेनका राष्ट्रपतिलाई टेलिफोन गरी बाइडेनमाथि भ्रष्टाचार आरोपमा अनुसन्धान थाल्न आग्रह गरेको खुलेपछि महाअभियोगको प्रक्रिया सुरु भएको छ ।

ट्रम्पले आफ्नो राजनीतिक स्वार्थका लागि सम्भावित प्रतिस्पर्धीको छवी धुमिल पार्न विदेशी शक्तिको सहयोग लिने प्रयास गरेको आरोप छ । पूर्व उपराष्ट्रपति बाइडेन आउँदो वर्ष हुने राष्ट्रपति चुनावका लागि डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार बन्ने होडमा छन् र उनी सो दौडमा सबैभन्दा अघि रहेका छन् । ट्रम्पले आफ्ना सम्भावित विपक्षी उम्मेदवारको छवी नराम्रो देखाउने प्रयास गरेको आरोप छ ।