२९ आश्विन २०८३, बिहिबार

मलेसियामा गैरकानुनी कामदारलाई घर फर्काउने अभियान सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

worker-nepali– संजीव दाहाल 

मलेसिया । मलेसियामा गैरकानूनी रुपमा रहेका प्रवासी नेपालीलाई स्वदेश फर्कने मलेसिया सरकारले फेरि मौका दिने जनाएको छ ।

मलेसियाली सरकारले गैरकानूनी रुपमा बसेका विदेशि कामदारहरुलाई फेरि मलेसियाको सरकारले फेरि ‘स्वदेश फर्क’ अभियान सुरु गरेको हो ।

फेब्रुअरी २६ तरिक देखि सुरु हुन यो अभियानमा हजारौ संख्यामा रहेका गैरकानूनी रुपमा मलेसिया बस्दै आएका विदेशी कामदारहरुलाई सजिलैसँग आफ्नो देश फर्कन पाउने छन् ।

उता मलेसियाको अध्यागमन विभागका पूर्व कर्मचारीसँगको सहकार्यमा बिहिबार देखि यो अभियान सन्चालन गर्न लागेको मलेसिया स्थित नेपाली दुतावासका राजदुत डा. निरञ्जनमान सिहं बस्नेतले जानकारी दिए।

मलेसियाली सरकारले गौरकानुनी रुपमा काम गर्दै आएका यस अघि गएको वर्ष सेप्टेम्बर देखी डिसेम्बरसम्ममा पनि ‘स्वदेश फर्क’ अभियान सञ्चालन गरिएको थियो ।

त्यसबेला गैरकानूनी रुपमा मलेसिया बस्दै आएका १६ हजार नेपाली स्वदेश फर्केको दुतावास सम्बन्द स्रोतले जनाएको छ ।