३० आश्विन २०८३, शुक्रबार

सिक्किम क्रान्तिकारी मोर्चा होइन व्यापारी मोर्चा भन्नुहोसः भरत बस्नेत

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गान्तोक । मुख्यमन्त्री पीएस गोले विरुद्ध न्यायालयमा मुद्दा दर्ता गरिएको छ भन्दै भारतीय चुनाउ आयोगले न्यायिक मामिलमा हस्तक्षेप गरेरे गोलेलाई क्लीन चीट दिएको सिक्किम प्रदेश कङ्ग्रेस कमिटीका अध्यक्ष भरत बस्नेतले आरोप लगाएका छन् ।

सिक्किमको आउँदो उपचुनाउमा मुख्यमन्त्री पीएस गोलेले आफ्नो सत्ता र चौकी बचाउन सिक्किम बेचेको हो भन्ने आरोप लगाउँदै अध्यक्ष बस्नेतले सिक्किममा भीरतीय जनता पार्टीको गन्दगी भरिएको राजनीतिक हातले सिक्किमको मौलिक अधिकार कुल्चिने काम गरेको पनि बताए ।

उनले संविधआन र देशसँग साटेको प्रजातन्त्रलाई होच्याउने कोशिष भइरहेको छ भन्दै गोलेलाई चुनाउ आयोगले क्लीन चीट दिएकोमा आफ्नो पार्टीको पक्षबाट उप चुनाउमा भाग नलिने निर्णय लिएको पनि बताएका छन् ।

चुनाउ आयोग जस्तो स्वतन्त्र निकायले पनि पार्टीको शाखा जस्तो भएर यस्तो काम गर्दा राष्ट्रमा के हुन्छ । एउटा नेताको खातिर जनताको जनमतलाई कुल्चिने काम भइरहेको छ भन्दै उनले राजभवनलाई पनि पार्टीको शाखा कार्यालयको संज्ञा दिएका छन् ।

अध्यक्ष बस्नेतले प्रजातन्त्रमा जनतालाई न्याय दिनसकेन भने त्यो भन्दा ठूलो दुस्कर्म केही होइन भनेका छन्। सिक्किम क्रान्तिकारी मोर्चाले चौकीको निम्ति दुनियाँलाई बेच्न सक्नेछ भन्दै उनीहरूले आफ्नो पार्टीको नाम क्रान्तिकारी मोर्चा नराखेर सक्किम ब्यापारी मोर्चा भन्नुहोस भने।

बीजेपी कार्यकारलमा देशमा अल्पसंख्यक माथि धेर प्रहार हुनेगरेको छ भन्दै त्यसै दृष्टिकोणले एसकेएम र बीजेपीले मिलेर दुईवटा बीएल सीट मिलाएको हो पनि भने। उनले बीएल सीट बेचिएको अथवा अल्पसंख्यक बेचिएको आफू हेर्न नसक्ने पनि बताए।

मुख्यमन्त्री गोले विरुद्ध न्यायालयमा मुद्दा हुँदाहुँदै चुनाउ आयोगले बीजेपी र एसकेएमको गठबन्धनको लगत्तै पछि गोलेलाई क्लीन चिट दिनमा चुनाउ आयोग पनि बीजेपी-को शाखाको रूपमा रहेर काम गरेको आरोप लगाए।