
काठमाडौँ, १३ असोज । नेपालकी रजनी श्रेष्ठले शारिरिक सुगठन प्रतियोगितामा दुई पदक जितेकी छन् ।
इन्डोनेसियाको बताममा जारी ५३ औं एसियन बडिबिल्डिङ एन्ड फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा नयाँ इतिहास कायम गरेकी हुन् । रजनीले एउटै च्याम्पियनसिपमा दुई फरक विधामा पदक जितेकी छन् ।
रजनीले ५५ केजी तौल समूहमा रजत पदक जितेकी हुन् । उनले ३० वर्षमाथिको उमेर समूहमा पनि काँस्य पदक जितेकी छन् । गत साउनमा नेपालमा आयोजना भएको १२ औं दक्षिण एसियाली बडिबिल्डिङ च्याम्पियनसिपमा रजनीले महिला एथ्लेटिक्स फिजिकमा काँस्य पदक जितेकी थिइन् ।















प्रतिक्रिया