३ कार्तिक २०८३, मंगलबार

आज पनि घट्यो सुनको भाउ

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० असोज । सुनको मूल्य आज पनि घटेको छ ।

बिहीबार छापावाल सुन तोलामा एक हजार रुपैयाँ घटेको शुक्रबार २०० रुपैयाँले घटेर ७० हजार ८०० रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजाबी सुन ७० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदी पनि तोलामा पाँच रुपैयाँ घटेर तोलाको ८६० रुपैयाँमा झरेको छ।

बिहीबार छापावाल सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनको मूल्य प्रतितोला सुन ७० हजार ७०० रुपैयाँ रहेको थियो ।

चाँदी भने ८६५ रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा नै भाउ घटेकाले नेपाली बजारमा पनि केही कम भएको महासंघले जनाएको छ ।