
काठमाडौँ, ९ असोज । मुक्तिनाथ विकास बैंक लिमिलेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्र्तगत चितवन जिल्ला रत्ननगर नगरपालिका वडा नं ५ स्थित टरौली सामुदायिक पुस्तकालयलाई पुस्तकालय भवन निमार्णका लागि वित्तिय सहयोग स्वरुप तीस हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।
चेक टरौली सामुदायिक पुस्तकालय समितिका अध्यक्ष सागर मिश्रलाई मुक्तिनाथ विकास बैंक पर्सा शाखाका शाखा प्रमुख विश्व क्षेत्री र प्रदेश नं. ३ चितवनका सांसद कृष्ण प्रसाद खनालले संयुक्त रुपमा पुस्तकालयद्धारा आयोजित निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा हस्तान्तरण गरे ।
मुक्तिनाथ विकास बैंकले देशैभरी रहेका १२० वटा शाखाबाट विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, मोबाइल बैंकिङ सुविधाका साथै देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेका एटीएबाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध गराएको छ ।
हालै मात्र मुक्तिनाथ विकास बैंकको आफ्नै रेमिट, मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी भखौ १ गतेदेखि कार्तिक ३० गतेसम्म लागू हुनेगरी रेमिट्यान्स (विप्रेशण) केन्द्रित ‘७६ साल ७६ उपहार, चाडपर्वसंग खुसीको वहार’ अभियान सञ्चालन गरेको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिए ।















प्रतिक्रिया