३० आश्विन २०८३, शुक्रबार

बैंकर उमेशसिंह भण्डारी काष्ठमण्डप बैंकका नयाँ सीइओ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Umeshsing-kdblकाठमाडौं, १३ फागुन । लामो समयदेखि कार्यकारी प्रमुखको पद खाली रहेको काष्ठमाण्डप डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा उमेशसिंह भण्डारी नियुक्त हुनुभएको छ ।

करिब डेढ दशकदेखि वित्तीय संस्थामा कार्यरत बैंकर भण्डारीलाई सञ्चालक समितिको बैठकले बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्ति गरेको हो ।

माछापुच्छ्रे बैंकको सहायक महाप्रबन्धकको पदमा कार्यरत भण्डारीलाई काष्ठमाण्डप बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ)को जिम्मेवारी दिएको हो ।

बैंकर भण्डारीले यसअघि नारायणी नेसनल फाइनान्सको प्रमुख कार्यकारी अधिकृत तथा स्टान्डर्ड फाइनान्समा कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन् । वित्तीय संस्थाको क्षेत्रमा अनुभवी बैंकर भण्डारी कुशल नेतृत्व क्षमता भएका व्यक्ति हुन् ।

शिखर इन्स्योरेन्ससंग गाभिएको काष्ठमण्डप डेभलपमेन्ट बैंकमा लामो समयदेखि सीइओको कुर्सी खाली थियो ।
तत्कालीन शिखर इन्स्योरेन्सका महाप्रबन्धक उमेश रेग्मीले सहायक सीइओ बनेर सीइओको जिम्मेवारी सम्हालेका थिए ।

कारोवारका क्षेत्रमा अब्बल मानिएको काष्ठमण्डप डेभलपमेन्ट बैंकमा नयाँ सीइओ आएपछि अझै कारोवार बढ्ने अनुमान गरिएको बैंकर भण्डारी अनुभवी भएकाले उनले बैंकलाई माथि उठाउने विश्वास बैंकको छ ।