३ कार्तिक २०८३, मंगलबार

एनआईसी एशिया बैंकका खातावालाहरुलाई बैंकको बीमा भुक्तानी

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ असोज । एनआईसी एशिया बैंक लिमिटेडले ल्याएको बचत खाताको योजनाअन्तर्गत विभिन्न खातावाललाई बीमा सुविधा अन्तर्गतको बीमा रकम दावी भुक्तानी गरिएको छ ।

जसअन्तर्गत बैंकको सुनवल शाखाका न्यू प्रिमियम समुन्नति बचत खातावाहक देउ प्रसाद गुरुङ दुर्घटनामा परी असामयिक निधन भएका कारण खातावालकी श्रीमती रन सुबा गुरुङलाई बीमा दुर्घटना वापतको रकम ४ लाख ९१ हजार २ सय ५३ रुपैयाँ भुक्तानी गरिएको छ ।

यसैगरी, बैंकले मेडिकल बीमावापतको रकम काठमाडौंको भोटाहिटी शाखाकी चमत्कारिक नारी बचत खातावाहक मीना चित्रकारलाई २६ हजार ५ सय १९ रुपैयाँ भुक्तानी गरेको छ ।

त्यस्तै, नेपालगञ्ज शाखाकी चमत्कारिक बचत खातावाहक तारा कुमारी बुढाथोकीलाई ६७ हजार ९ सय ३३ रुपैयाँ कलंकी शाखाका चमत्कारिक तलब बचत खातावाहक ज्ञान बहादुर पराजुलीलाई ५९ हजार ९ सय ४ रुपैयाँ भुक्तानी दिएको छ ।

झापा केचनाकवल शाखाकी चमत्कारिक बचत खातावाहक पद्मा मिश्रलाई १० हजार ४ सय ३९ रुपैयाँ र झापा झिलझिले शाखाका चमत्कारिक बचत खातावाहक शंकर थापालाई रु २८ हजार ७ सय ५० रुपैयाँ भुक्तानी गरेको छ ।

यस बैंकको मुलुकभर ३०१ शाखा कार्यालयहरु, ३५९ एटिएम, ७० वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्ग इकाईमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

करिब १८ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् ।

उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि बैंक तथा वित्तीय संस्थाहरुको न्यून उपस्थिति रहेका मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान लगायतका दुर्गम जिल्लाहरु तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेका ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको बैँकले जनाएको छ ।