
काठमाडौँ, ७ असोज । भारत- पाकिस्तान सीमानजिकै ठूलो भूकम्प आएको छ ।
भारतीय सञ्चारमाध्यमहरूले जनाएअनुसार स्थानीय समयअनुसार मंगलबार दिउँसो ४:३१ बजे लाहौरबाट १८३ किलोमिटर उत्तरपूर्वमा केन्द्रविन्दु बनाएर ६.३ म्याग्नेच्युडको भूकम्प आएको हो ।
भूकम्पको धक्का भारतको राजधानी नयाँदिल्लीसम्मै महशुस गरिएको छ । भूकम्प आएपछि दिल्लीका मानिसहरू घर छोडेर बाहिर निस्किएका छन् ।
भूकम्पको धेरै प्रभाव जम्मु कस्मिरमा परेको बताइएको छ । हरियाणा, उत्तर प्रदेश, पञ्जाब, चण्डीगढलगायत क्षेत्रमा पनि भूकम्पको धक्का महशुस गरिएको छ ।
भूकम्पबाट भएको क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको छ ।















प्रतिक्रिया