
अमेरिका, ७ असोज । गैरआवासीय नेपाली संघ (एनआएएन) अमेरिका क्षेत्रका क्षेत्रीय संयोजक गौरी जोशीले आइसीसी सचिवको लागि औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका छन् ।
एनआरएनए अमेरिकामा लामो समयदेखि क्रियाशिल जोशीले आफ्नो कामको अनुभवका आधारमा आइसीसीको महत्वपुर्ण पदमा बसेर काम गर्न सकिने र श्रोत साधन सबै व्यवस्थापन गर्न सकिने बताएका छन् ।
सन्चारकर्मीहरुमाझ उम्मेदावरी घोषणा गर्दै जोशीले क्षेत्रीय संयोजक भएर गरेको कामको अनुभवले ग्लोबल र नेपालको लागि केही गर्ने चाहाना रहेको बताए ।
एनआरएनलाई भिजन २०२० अनुसार व्यवस्थापन गर्न जरुरी भएको समेत उनले बताए । भिजन २०२० मा पोलिसी ईष्टिच्युट स्थापना गरी सीप क्षमता र अनभवका आधारमा संस्था सन्चालन र विश्वभरीका सीप क्षमता र वौद्धिक व्यक्तिहरुलाई संयोजन गर्न सकिने उल्लेख छ ।
यसैबीच, गैरआवसिय नेपाली संघलाई आर्थिक रुपमा बलियो बनाउन जोशीले एक करोड रुपैयाँ सहयोग गरेका छन् । सामाजिक सेवामा सक्रिय जोशी सूचना प्रविधिसँग सम्बन्धित व्यवसायी हुन् ।















प्रतिक्रिया