– याम विसी
दोहा, कतार । तनहुँ सेवा समाज कतारले महासचिव सुर्य लम्साललाई विदाई गरेको छ । कतार छोडेर स्वदेश फर्किन लागेकाले महासचिव लम्साललाई सम्मान सहित समाजका पदाधिकारीले विदाई गरेका हुन् ।
समाजको नियमित पुर्ण बैठक संस्थाका अध्यक्ष धन बहादुर परियारको अध्यक्षतामा सम्पन्न गर्दै महत्वपुर्ण निर्णयहरुको साथमा संस्थाका महासचिब सुर्य लम्साल कतार बसाई लाई बिट मार्दै नेपाल जान लाग्नुभएकाले बिदाई तथा सम्मान गरिएको छ ।
सस्थाका सस्थापक सदस्य भिम बहादु्र थापा तथा अध्यक्ष परियारले प्रशंसापत्र तथा मायाको चिनो प्रदान गरेका थिए । सल्लाहकारहरु मुनाफ मियाँ दिपक खड्का करिमबक्स मियाँ निमलाल कुमाल नबराज विक तथा कार्यसमितिका पदाधिकारी सदस्यहरुले खादा ओढाएर सम्मान गर्दै कतार बसाईमा रहदा समाज प्रतिको लगाव र सहयोग महत्वपुर्ण रहेको बताएका थिए ।
बिदाइ कार्यक्रममा लम्सालले कतारमा रहदा तनहुँ समाजमा बसेर समाजमा सिक्ने अवसर पाएको भन्दै आफु जहाँ भए पनि सधै समाज प्रति आफुले गर्न सक्ने सहयोग भए गर्ने बताए ।
सस्थाले झण्डै एक बर्ष अगाडि कतार प्रबेश गरी हाल कम्पनिको काम बन्द भई तिन महिना देखि बेरोजगार भई समस्यामा परेकी गोत्री-९ बाजुरा की बिमला कुमारी शाही लाई पाच सय रियाल प्रदान गरि सहयोग समेत गरेको छ ।
बैठकमा सहभागी सदस्यहरुले गृह जिल्ला तनहुँ मा छात्रबृद्धि अक्षय कोष खोलिन लागिएको चिठ्ठा कार्यक्रमको समेत समिक्षा गरेको थियो । गरिब जेहेन्दार तथा सर्बोकृष्ट अङ्क ल्याउने विद्यार्थीहरुलाई प्रदान गरिने सस्थाका अध्यक्ष धन बहादुर परियारले बताए ।
साथै हालै ५ फेब्रवरी २०१५ का दिन कतारमा स्याम्घा-२ तनहुँका सुरज बिकको असमाहिक निधन प्रति दुख ब्यक्त गर्दै मृतकको शवलाई नेपाल पठाउन सहयोग गर्ने निणर्यको साथ आर्थिक रकम समेत सहयोग गर्ने बैठकले निर्णय गरेको छ ।
















प्रतिक्रिया