काठमाडौैं, ६ असाेज । प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले महिलासहितका संवैधानिक आयोगहरूमा लामो समयदेखि पदाधिकारी नहुँदा सेवाग्राही समस्यामा परिरहेकोतर्फ गम्भीर हुन सरकारलाई आग्रह गरेको छ ।
सिंहदरबारमा समितिको आइतबार बसेको बैठकले प्रधानमन्त्री केपी ओलीलाई महिला, दलित, वादीलगायतका आयोगमा तत्काल पदाधिकारी नियुक्तिको पहल गर्न आग्रह गरेको हो ।
बैठकमा सांसद लक्ष्मी परियारले दुई वर्षदेखि राष्ट्रिय दलित आयोग पदाधिकारीविहीन हुँदा जातीय भेदभाव तथा छुवाछूतबाट पीडितले लामो समयसम्म न्याय पाउन नसकेकोतर्फ तत्काल ध्यान दिन सरकारको ध्यानाकर्षण गराइन् ।
सांसद गंगा चौधरी सत्गौवाले पछिल्लो समय तराई क्षेत्रमा बालविवाह बढ्दै गएको जानकारी गराउँदै त्यसलाई रोक्नका लागि समितिले पहल गर्नुपर्ने बताइन् ।
सांसद खेम लोहनीले समितिले अहिलेसम्म दिएका निर्देशन कार्यान्वयन भए–नभएको बारे अनुगमन गर्नुपर्ने प्रस्ताव सभापति निरुदेवी पालसमक्ष राखेका थिए ।
पालले समितिले दिएका निर्देशन कार्यान्वयनको अवस्था अनुगमन गरिने आश्वासन दिएकी थिइन् ।












प्रतिक्रिया