१५ कार्तिक २०८३, आइतबार

सप्तरीमा युवकमाथि गोली प्रहार

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राजविराज, ६ असाेज । सप्तरीमा आइतबार साँझ एक जना युवकमाथि अज्ञात समूहले गोली प्रहार गरेको छ ।

भारतीय नम्बर प्लेटको पल्सर मोटरसाइकल चढी आएका दुईजनाले प्रहार गरेको गोली लागि सप्तरीको डाकनेश्वरी नगरपालिका ८ का २४ वर्षीय भगवतीप्रसाद मण्डल घाइते भएको सप्तरीका प्रहरी प्रमुख एसपी कृष्ण प्रसाईले जानकारी दिए ।

राजविराजवाट डाकनेश्वरी ८ स्थित घरतर्फ जाने क्रममा दुईजना चढेको भारतीय नम्बरको मोटरसाइकलले ओभरटेक गरि उनीमाथि घर पुग्नुभन्दा केही अगाडी गोली प्रहार भएको हो ।

गोली प्रहारपछि ढलेका उनी तत्कालै नजिकको बस्तीमा पुगेर जोगिएका थिए भने आक्रमण गर्नेहरु फरार भएको एसपी प्रसाइले जानकारी बताए ।

एसपी प्रसाइँका अनुसार मण्डलको बाँया पाखुरामा गोली लागेको छ । उनलाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।