
बझाङ, ५ असोज । केदार स्यूँ गाउँपालिका–७ को कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । शनिबार राति वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको केदार स्यूँ गाउँपालिकाका उपाध्यक्ष निसा धामीले बताउनुभयो ।
उहाँले आगजनीबाट वडा कार्यालयमा रहेका सामानहरु जलेर नष्ट भएको बताउनुभयो । वडा कार्यालयमा आगजनी कसले गरेको र किन गरेको हो भन्नेबारे अहिलेसम्म नखुलेको र घटनास्थलसम्म पुग्न रायल प्रहरी चौकीबाट टोली परिचालन गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख गणेश बमले जानकारी दिनुभयो ।
प्रहरी प्रमुख बमका अनुसार वडा कार्यालय जान करीब ४ देखि ५ घण्टाको पैदल दूरीमा रहेकाले प्रहरी पुगेपछि मात्र यथार्थ विवरण आउनेछ । –रासस












प्रतिक्रिया