
काठमाडौँ, ५ असोज । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले लागुऔषधको दुर्व्यसनमा परेका व्यक्तिहरुलाई कुलतबाट छुट्कारा गराउने कार्यमा काम गर्दै आएको नशारहित समाज नेपाललाई आर्थिक सहयोग प्रदान गरेको छ ।
सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत १ लाख १ हजार रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको छ । नशारहित समाज नेपालको कार्यालय बडिखेलमा आयोजित एक कार्यक्रमबीच बैँकले १ लाख १ हजारको चेक संस्थाका संचालक सोनाम शेर्पालाई हस्तान्तरण गरेको छ ।
लागूऔषध प्रयोगकर्तामा मनोवल र आत्मबल अभिवृद्धि गरी लागूपदार्थ प्रति वितृष्णा उत्पन्न गराउने, लागू पदार्थको कूप्रभावबारे जनजागरण कार्यक्रम संचालन गरी लागूऔषध प्रयोगकर्ताको कारणबाट उत्पिडित समाजलाई राहत दिलाउने कार्य गर्दछ ।
त्यस्तै, लागूऔषध प्रयोगकर्ताहरूलाई उपचार गरि परिवार र समाजमा पुनःस्थापना गर्ने, सीप मूलक कार्यमा सहभागि गराई स्वावलम्बी बन्न सिकाउने, लागू औषध प्रयोगबाट श्रृजना हुने रोगहरूवारे सजग गराउने र अकाल मृत्युबाट बचाउने जस्ता कार्यमा कटिबद्ध भएर लागेको यस सुधार गृहमा हाल २४ जना लागूऔषध दुर्व्यसनमा फसेका युवाहरू उपचारको क्रममा रहेका छन् ।
अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा बैंकले जानकारी दिएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८२ वटा शाखा, ७९ वटा ए.टि.एम. र १०१ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
यसका साथसाथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरूे छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने उद्देश्यले बैंकले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको छ ।
ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।















प्रतिक्रिया