१५ कार्तिक २०८३, आइतबार

अज्ञात समूहद्धारा टेलिकम टावरमा आगजनीपश्चात् सञ्चारविहीन

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


बैतडी, ५ असोज । डिलाशैनी गाउँपालिका–४ स्थित मठैराज बलालीमा रहेको नेपाल टेलिकमको टावरमा आगजनीपश्चात् सो क्षेत्र सञ्चारविहीन भएको छ ।

साउन १७ गते अज्ञात समूहले सो टावरमा आगजनी गरेको थियो ।

टावरमा आगजनी भएपश्चात् फोन गर्न निकै समस्या भएको स्थानीयवासी दीपक धामीले बताउनुभयो ।

फोनसेवा नहुँदा कार्यालयको कामकाज प्रभावित भएको डिलानशैनी–७ का वडाध्यक्ष प्रेमसिंह धामीले बताउनुभयो । आगजनीबाट टावरमा जडान गरिएका सम्पूर्ण सामान जलेर नष्ट भएका छन् । –रासस