३ कार्तिक २०८३, मंगलबार

स्पेनिस ला लिगामा बार्सिलोनाकाे लज्जास्पद हार

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, ५ असाेज । स्पेनिस ला लिगामा बार्सिलोना फेरि अर्को खेलमा स्तब्ध बनेको छ ।

शनिबार राति भएको खेलमा बार्सिलोना ग्रानाडासँग २–० ले पराजित भयो । बार्सिलोनाका लागि यो पछिल्लो २५ वर्षकै खराब सुरुवात हो ।

ग्राडानाको मैदानमा स्टार खेलाडी लियोनल मेस्सी र अंसु फाटीलाई सुरुवाती ११ मा नराखेको बार्सिलोनाविरुद्ध घरेलु टिमले दोस्रो मिनेटमा गोल गर्न सफल भयो । उसका लागि अजिजले गोल गरे ।

सुरुवातमा नै गोल खाएको बार्सिलोनाले त्यसपछि तीन वटा उत्कृष्ट मौका पाए पनि गोल फर्काउन सकेन र पहिलो हाफमा एक गोलले पछि पर्‍यो ।

दोस्रो हाफमा मेस्सी र फाटीलाई मैदानमा उतारे पनि गोल भने ग्रानाडाले नै गर्‍यो । बार्सिलोनाका अर्टुरो भिडालले डिबक्समा हातले बल छोएपछि पाएको पेनाल्टीलाई अल्भारो भाडिलोले गोल गर्दै टिमलाई २–० को अग्रता दिलाए ।

बाँकी समयमा बार्सिलोना खेलमा फर्कन सकेन र हारको बाटो देख्यो ।

यसअघि भएको खेलमा एट्लेटिको मड्रिडले पेनाल्टीको सदुपयोग गर्न नसक्दा सेल्टा भिगोसँग गोलरहित बराबरी खेलेको थियो ।

बार्सिलोनालाई स्तब्ध बनाएको ग्रानाडा सबैलाई चकित पार्दै लिगको शीर्ष स्थानमा उक्लिएको छ । बार्सिलोना लिगको सातौं स्थानमा रहेको छ ।