१ कार्तिक २०८३, आइतबार

मुख्यमन्त्रीकी मोडल जस्ती पत्नी, खाली विवादमा आउँछिन्

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ असोज । भारतको महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फड्नाविसकी पत्नी अम्रुता फड्नाविस विभिन्न प्रकरणमा विवादमा तानिने गरेकी छन् ।

खासगरी सामाजिक सञ्जालमा मोडल जसरी प्रस्तुत हुने अम्रुताको सौन्दर्यताका विषयमा निक्कै चर्चा हुने गरेको छ । उनले कतिपय बलिउड अभिनेतासँग पनि काम गरेकी छन् । अमिताभ बच्चनलगायतसँग काम गरेकी उनका बारेमा पति देवेन्द्रले नै अचम्मका अभिव्यक्ति दिने गरेका छन् ।

एक पटक पतिले भनिदिए,‘मेरी पत्नी युवा छिन्, सामाजिक सञ्जालमा सक्रिय छिन् । राम्री छिन् त म के गरौं ।’

यस विषयमा पनि अम्रुता चर्चामा थिइन् । हालै भने उनी एउटा विरोधाभाष अभिव्यक्तिका कारण मिडियामा छाइन् । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनमा उनलाई राष्ट्रपिता भनी घोषणा गरिन् । जसको चर्को आलोचना भएको थियो ।