
अछाम, ३ असाेज । अछाम जिल्लाकाे कमलबजार नगरपालिकाको कार्यालयमा बम विष्फोट भएको छ ।
शुक्रबार बिहान करीब १ बजेको समयमा नगरपालिकाको कार्यालयमा प्रेसर कुकर बम विष्फोट भएको अछाम प्रहरीले जनाएको छ ।
विष्फोट कसले गरायो भन्नेबारे जानकारी हुन सकेको छैन । नगरपालिका कार्यालयको ढोकामा विष्फोट भएको र विष्फोटबाट ठूलो क्षति नभएको अछामका प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए ।












प्रतिक्रिया