१५ कार्तिक २०८३, आइतबार

वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २ असोज । राम्रो डिमान्ड छ । विदेशमा ६, ००० हजार मासिक आम्दानी हुने भन्दै ठग्ने गरेकी पद्मा जाेशीलाई पक्राउ गरेकाे छ।

काठमाण्डौँ लाजिम्पाटस्थित शिखर ईन्टरनेश्नल म्यानपावरमा विगत १२ वर्ष देखी काम गर्दै आएकी जिल्ला काठमाण्डौँ तार्केश्वर न.पा. वडा नं २ बस्ने वर्ष ३७ की पद्मा जोशीले शिखर म्यान पावरले वैदेशिक रोजगारीमा विभिन्न मुलुकमा पठाउने गरेको छ ।

जम्मा खर्च ६ लाख १५ हजार लाग्छ भनि आफ्नो नामको काठमाण्डौँमा रहेको काठमाण्डौं बैंक लिमिटेडको खातामा पटक पटक गरी जम्मा ६ लाख रुपैयाँ जम्मा गर्न लगाई नेपाल सरकारले तोकेको भन्दा बढी रकम लिई ठगी गरेको खुल्न आएको छ ।

आवश्यक कारवाहीका लागि पीडितले जाहेरी दर्ता गरेका थिए ।

घटनाका सम्बन्धमा महाशाखाबाट खटिएको सादा पोशाकको प्रहरी टोलीले असोज १ गते दिउँसो अन्दाजी साढे बजे लाजिम्पाटबाट पद्मा जोशीलाई पक्राउ गरी असोज २ गते थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर टेकु काठमाण्डौं पठाईएको प्रहरीले जनाएको छ ।