
काठमाडौं, २ असोज । मुख्य प्रतिपक्षी दलका नेता नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा विहीबार सदनमा आक्रामक रुपमा प्रस्तुत भएका छन् ।
उनले सरकारले हरेक निकाय र अंगलाई कार्यकर्ताजस्तो बनाएको आरोप लगाए । नेकपा सरकारले सरकारी कर्मचारीलाई कार्यकर्ताजस्तो बनाएको आरोप लगाएका देउवाले भने,‘म स्पष्ट रुपमा भन्न चाहन्छु, जनताले तिरेको करबाट तलब खाने, कुनै पार्टीको कार्यकर्ताजस्तो कुनै हालतमा बन्नु हुँदैन, यस्तै पारा भए रोष्टम बन्द हुन सक्छ ।’
सो क्रममा बाँकेमा कांग्रेस नेताकार्यकर्तामाथि आक्रमण भएको भन्दै सरकारप्रति आक्रामक देखिएका देउवाले भने,‘जनताको जीउधनको सुरक्षा गर्नुपर्ने सरकार आफैंले राज्य आतंक सृजना गरिरहेको छ ।’
डेढ वर्षसम्म संविधानलाई सर्वस्वीकार्य बनाउन, संविधानप्रति जनताको अपनत्व कायम गर्न र संविधानको मर्म र भावनाअनुसार बाँकी कार्यभार पूरा गर्न सरकार असफल भएको देउवाको आरोप थियो ।
वाइडबडी काण्ड, सुनकाण्ड, बालुवाटार जग्गा काण्डजस्ता ठूला भ्रष्टाचारका घटना भएको भन्दै उनले सिंगो राज्य संरचना नै भ्रष्टीकरण भएको बताएका उनले सरकारले चरम तानाशाही व्यहोरा देखाएको बताए ।











प्रतिक्रिया