१२ मंसिर २०८३, शनिबार

बाँकेकाे खजुराका सयाैँ घर डुबान

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालगन्ज, २ असाेज । बाँकेमा बुधबार दिनभरको अविरल वर्षाले खजुरा गाउँपालिकाका सयौँ घर डुबानमा परेका छन् ।

अविरल वर्षाले स्थानीय जेठी नालामा पानीको सतह बढेपछि खजुरा गाउँपालिका वडा नं ६ र ७ का सयौँ घर डुबानमा परेको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए ।

बाढीले खजुरा क्षेत्रका मात्र १७२ घर डुबाएको छ । यो सङ्ख्या अझै बढ्न सक्ने देखिएकाे छ ।

खजुरा गाउँपालिकाको वडा नं ६ र ७ मा पर्ने उढरापुर र सोनपुरका बासिन्दा डुबानबाट बढी मात्रामा प्रभावित भएका छन् । उक्त क्षेत्रका डुबानपीडित स्थानीयवासी सामुदायिक विद्यालयको भवनमा आश्रय लिएका छन् ।

आधारभूत विद्यालय सिन्दुरीमा १०० जति र जनसेवा माध्यमिक विद्यालयमा ८/१० विस्थापित परिवारले आश्रय लिएको नेपाल रेडक्रस सोसाइटी बाँकेका अधिकृत झबी शर्माले जानकारी दिए।