idenमहेन्दनगर, २ असाेज । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको कृष्णपुर नगरपालिकामा बसको ठक्करबाट बुधबार एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन ।
कञ्चनपुरको कृष्णपुर नगरपालिका– ५ गुलरिया बजार नजिक ना ५ ख २०७३ नम्बरको बस र से ७ प ५३२६ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिदाँ मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका– १० का २६ वर्षीय रञ्जित रानाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा मोटरसाइकलमा सवार रहेकी १५ वर्षीय रञ्जेश्वरी राना गम्भीर घाइते भएका छन् । कैलालीको अत्तरियास्थित पदमा अस्पतालमा उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि भारततर्फ लगिएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक नैनबहादुर साउदले बताए ।












प्रतिक्रिया