३० आश्विन २०८३, शुक्रबार

फेसबुक सेलेब्रेटी बन्ने प्रहरीलाई कारबाही गर्छु: प्रहरी महानिरीक्षक अर्याल

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Upendra-Kanta-Aryal

काठमाडौं, १२ फागुन । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले फेसबुकमा लाइक र कमेन्टको आधारमा सेलेब्रेटी बन्न खोज्ने प्रहरीलाई विभागीय सजाय गर्ने चेतावनी दिनुभएको छ ।

प्रहरी महानिरीक्षक अर्यालले मंगलबार प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहमा लाइक र कमेन्टको आधारमा साइबर सेलिब्रेटी बन्ने लगायत संगठनको नीति भन्दा बाहिर गई कार्य गर्ने जोसुकै पनि विभागीय सजायको भागीदार हुने चेतावनी दिनुभएको हो ।

प्रहरी संगठनको पद्धति, मान्यता र संस्कारलाई सुधार गर्न प्रहरी अधिकृतहरुले आफ्नो पदीय मर्यादामा रहेर आफूलाई सुम्पिएको जिम्मेवारी पुरा गर्नुपर्ने उहाँले बताउनुभयो ।

एकतह पदोन्नति हुनुभएका प्रहरी उपरीक्षक र प्रहरी नायव उपरीक्षकहरुलाई दज्र्यानी चिन्हबाट सुशोभन गर्दै गर्दै प्रहरी महानिरीक्षक अर्यालले पदोन्नती सँगै जिम्मेवारी पनि बढ्ने भएकोले आगामी दिनमा अझै बढी उत्साह र अनुशासित भई आचरण र व्यवहारमा सुधार ल्याई कार्य सम्पादन गर्न निर्देशन दिनुभयो । संगठन सुधारका लागि सबै प्रहरी कर्मचारीहरुबाट आफूले सकारात्मक सहयोगको अपेक्षा राखेकोसमेत उहाँले उल्लेख गर्नुभयो ।

उहाँले कुनै किसिमको दवाव र प्रभावमा नपरी संगठन र आमनागरिकको हितमा कार्य गर्न प्रहरी अधिृकतहरुलाई निर्देशन दिनुभयो । सजाय पाउने खालको कार्य गर्ने तर पुरस्कारको दावी गर्ने प्रबृत्ति त्याग्न आग्रह गर्दै बढुवा र सरुवाको लागि छोटो बाटोतिर नलागी त्यसका लागि आफूलाई समक्ष बनाउनतिर लाग्नुपर्नेमा जोड दिनुभयो ।

समारोहमा प्रहरी उपरीक्षक स्थानेश्वर रेग्मीले पदोन्नती भएका प्रहरी अधिकृतहरुको तर्फबाट मन्तव्य व्यक्त गर्दै संगठनले सुम्पिएको जिम्मेवारी पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

गृह मन्त्रालय (सचिवस्तर)को आइतबारको निर्णयअनुसार प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षकमा ३५ जना र सोमबारको निर्णयअनुसार प्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षकमा ३८ जना पदोन्नति भएका थिए ।