३ कार्तिक २०८३, मंगलबार

तेस्रो अन्तर्राष्ट्रिय Tri-Adventure Competition-2076 सम्पन्न

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ असोज । असोज १ गते प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाको प्रमुख आतिथ्यमा नेपाली सेनाले आयोजना गरेको तेस्रो प्रधानसेनापति अन्तर्राष्ट्रिय Tri-Adventure Competition-2076 सम्पन्न भएको छ ।

धादिङ्ग जिल्लाको बैरेनीदेखि चरौंदीसम्म सञ्चालन भएको यस साहसिक प्रतियोगितामा ६.७ कि.मि. दौड, २६ कि.मि. साईक्लिङ्ग र ११ कि.मि. र्‍याफ्टिङ्ग गरी ३ (तीन) वटा ईभेण्टमा जम्मा दुरी ४३.७ कि.मि. रहेको थियो ।

१५ टिमहरुको सहभागिता रहेको प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबको २ टिम सहित स्वदेशी १० टिम पुरुष ७, महिला(घ) र मित्रराष्ट्रहरुबाट जम्मा ५ टिम (भारत ४, माल्दिभ्स १, बंगलादेश १, श्रीलंका १) को सहभागीता रहेको थियो ।

मित्रराष्ट्रहरु माल्दिभ्स र भारतले पहिलो पटक सहभागिता जनाएका थिए भने मित्रराष्ट्र पाकिस्तानबाट अब्जरभरको रुपमा १ जना अधिकृत उपस्थित रहेका थिए ।

प्रतियोगितामा सहभागी टिमहरु मध्ये २ घण्टा २० मिनेट ४८ सेकेण्डमा उक्त दुरी पार गरी प्रथम हुने नेपाली सेनाको त्रिभुवन आर्मी क्लब टिम ‘ए’, २ घण्टा २५ मिनेट ३२ सेकेण्डमा दुरी पार गरी दोस्रो हुने भारतीय सेनाको टिम ‘ए’र २ घण्टा २६ मिनेट १५ सेकेण्डमा दुरी पार गरी तेस्रो हुने भारतीय सेनाकै टिम ‘बी’ लाई प्रधानसेनापति महारथी थापाले ट्रफि तथा नगद पुरस्कार क्रमशः १ लाख ५० हजार, १ लाख र ७५ हजार रुपैयाँ प्रदान गरेका थिए ।

साथै महिला तर्फ ३ घण्टा १८ मिनेट २० सेकेण्डमा उक्त दुरी पार गरी प्रथम हुने एन.टि.ए. टिम ‘एन’ र ४ घण्टा १४ मिनेट ५० सेकेण्डको समयावधिकासाथ दोश्रो हुन सफल प्याडल्स नेपाल टिम ‘पी’ लाई उहाँले ट्रफि तथा नगद पुरस्कार क्रमशः ५० हजार र ३० हजार रुपैयाँ प्रदान गरेका थिए ।

प्रतियोगितामा भारतीय सेनाको टिम ’ए’ उत्कृष्ट अन्तर्राष्टिय टिम हुन सफल भएको थियो । सहभागी सबै प्रतियोगिहरुलाई बलाधिकृत रथी शरद गिरीले मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए । बलाध्यक्ष रथी गौरव तण्डुलले आयोजकलाई कदर पत्र प्रदान गरेका थिए ।

वि.सं. २०७१ सालदेखि स्वदेशी टिमहरुको सहभागीतामा राष्ट्रिय स्तरमा संचालन हुँदै आएको प्रतियोगितामा वि.सं. २०७४ बाट विभिन्न मित्रराष्ट्रका सैनिक टिमहरुको समेत सहभागिता रहँदै आएको छ ।

नेपाल सरकारको नेपाल भ्रमण वर्ष २०२० कार्यक्रमलाई समेत थप टेवा पुग्ने गरि संचालन भएको उक्त प्रतियोगितामा नेपाली सेनाका रथीवृन्द, सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरु, सञ्चारकर्मी लगायत नेपाली सेनाका सकलदर्जाको समेत उपस्थिती रहेको थियो ।