३० आश्विन २०८३, शुक्रबार

संविधानसभामा सभासद्को आतंक, सडकमा वाइसीएलको आतंक (फोटोफिचरसहित)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

YCL-Kathmandu

काठमाडौँ, १२ फागुन । संविधानसभामा सभासद्को कुर्सी तोडफोडको घटना सेलाउन नपाउँदै एमाओवादीको युवा संगठन वाइसीएलबाट मंगलबार राजधानीमा सर्वसाधारण कुटिएका छन् ।

फागुन १६ गते गर्ने भनिएको विशाल जनप्रदर्शनलाई प्रभाव पार्ने गरी मंगलबार काठमाडौँमा लाठी जुलुसुका नाममा वाईसीएलले सडकमा सर्वसाधरणमाथि कुटपिट गरेको हो । आफ्नो जुलुसलाई अवरोध हुने गरी सवारी साधन चलाएको भन्दै वाईसीएल कार्यकर्ताले सर्वसाधरणमाथि कुटपिट गरेका हुन् । मार्चपास भन्दै सर्वसाधारणलाई बाटोमा हिड्न समेत दिएनन् । प्रदर्शनले विगतको १० वर्षे जनयुद्धको झल्को दिएको थियो । मार्चपासका कारण दुई घन्टासम्म सडक अस्तव्यस्त बनेको थियो । ठाउँ ठाउँमा वाईसीएल र सर्वसाधरणबीच मुठभेडको अवस्था सिर्जना भएको थियो ।

Maobadi-rally-1

सहमतिमा संविधान जारी गर्नुपर्ने र विगतका सम्झौताको अक्षरश कार्यान्वयन हुनुपर्ने माग गर्दै राजधानीको भृकुटीमण्डपबाट सुरु भएको प्रदर्शन सहिदगेट, सुन्धारा, जमल, पुतलीसडक हुँदै शान्तिवाटिकामा पुगेर समापन भएको थियो । प्रदर्शनको नेतृत्व एमाओवादीका स्थायी समिति सदस्य जनार्दन शर्माले गरेका थिए ।

सत्तारुढ दलले विगतका सहमति भुलेको र जवरजस्ती बहुमतको आधारमा अगाडि बढेको भन्दै युवाको प्रदर्शन गरिएको नेता शर्माको भनाइ छ । वाइसिएलले संविधानसभामा अगाडि बढाइएको प्रक्रियाको प्रतिवाद गर्ने चेतावनी समेत दिएको छ ।

दलहरुबीच भएको बाह्रबुँदे सहमति, अन्तरिम संविधान, विस्तृत शान्ति सम्झौता र विभिन्न पक्षबीच भएको सहमतिका आधारमा संविधान लेखन प्रक्रियालाई अगाडि बढाउनुपर्नेमा संविधानसभालाई नियमित संसद् जस्तो बनाउन खोजिएकाले त्यसको प्रतिवाद गरिएको वाइसिएलका उपत्यका संयोजक रामप्रसाद सापकोटाको भनाइ छ ।

2134Maobadi-rally-7 (1)