३ कार्तिक २०८३, मंगलबार

पहिलो खेलमै बार्सिलोनालाई बोरुसिया डर्टमण्डले बराबरीमा राेक्याे

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, १ असाेज । युराेपीयन च्याम्पियन्स लिगकाे समूह चरणको पहिलो खेलमा बार्सिलोना जर्मन क्लब बोरुसिया डर्टमण्डसँग गोलरहित बराबरीमा चित्त बुझाउन बाध्य भयाे ।

घरेलु टिम डर्टमण्डले अन्तिम समयमा पाएकाे पेनाल्टीलाई सदुपयाेग गर्न नसक्दा बराबरीमा चित्त बुझायाे ।

मार्को रिउसको प्रहारलाई बार्साका गोलकिपर मार्क आन्द्रे टेर स्टेगनले असफल बनाएका थिए । बार्साका लागि लियाेनल मेस्सी मैदानमा उत्रिए पनि त्यति प्रभाव जमाउन सकेनन् ।

बार्साका प्रशिक्षकले मेस्सीलाई सुरुवातमा बेन्चमा राखेर युवा खेलाडी फाटीलाई सेटमा राखेका थिए । जसका कारण फाटीले कम उमेरमा च्याम्पियन्स लिगमा डेब्यू गरेका थिए ।

उनी १६ वर्ष तीन सय दिनमा च्याम्पियन्स लिगमा डेब्यू गर्दै कम उमेरमा याे प्रतियाेगिता खेल्ने खेलाडी बनेका छन् ।