३० आश्विन २०८३, शुक्रबार

वाइसिएलको (लाठी जुलुस) प्रदर्शनमा जनयुद्धको झल्को (फोटोफिचर सहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

1

काठमाडौँ, १२ फागुन । एकीकृत नेकपा माओवादीको युवा सङ्गठन योङ कम्युनिस्ट लिग (वाइसिएल)ले मंगलबार राजधानीमा विशाल जनप्रदर्शन गरेको छ ।

एमाओवादी नेतृत्वको ३० दलिय मोर्चाको फागुन १६ को आन्दोलनको पूर्वसन्ध्यामा वाइसिएलले राजधानीका विभिन्न स्थानमा प्रदर्शन गरेको हो । प्रदर्शनले विगतको १० वर्षे जनयुद्धको झल्को दिएको छ ।

सहमतिमा संविधान जारी गर्नुपर्ने र विगतका सम्झौताको अक्षरश कार्यान्वयन हुनुपर्ने माग गर्दै एकीकृत नेकपा माओवादीको युवा सङ्गठन योङ कम्युनिस्ट लिग (वाइसिएल)ले मंगलबार प्रदर्शन गरेको हो ।

राजधानीको भृकुटीमण्डपबाट सुरु भएको प्रदर्शन सहिदगेट, सुन्धारा, जमल, पुतलीसडक हुँदै शान्तिवाटिकामा पुगेर समापन भएको थियो । प्रदर्शनको नेतृत्व एमाओवादीका स्थायी समिति सदस्य जनार्दन शर्माले गर्नुभएको थियो ।

सत्तारुढ दलले विगतका सहमति भुलेको र जवरजस्ती बहुमतको आधारमा अगाडि बढेको भन्दै युवाको प्रदर्शन गरिएको नेता शर्माको भनाइ छ । वाइसिएलले संविधानसभामा अगाडी बढाइएको प्रक्रियाको प्रतिवाद गर्ने चेतावनी समेत दिएको छ ।

दलहरुबीच भएको बाह्रबुँदे सहमति, अन्तरिम संविधान, विस्तृत शान्ति सम्झौता र विभिन्न पक्षबीच भएको सहमतिका आधारमा संविधान लेखन प्रक्रियालाई अगाडि बढाउनुपर्नेमा संविधानसभालाई नियमित संसद् जस्तो बनाउन खोजिएकाले त्यसको प्रतिवाद गरिएको वाइसिएलका उपत्यका संयोजक रामप्रसाद सापकोटाको भनाइ छ ।

234Maobadi-rally-7 (1)Maobadi-rally-1